जनतामा माओवादी र नेतृत्वप्रति आकर्षण छ, पार्टीकै नेता मिलाउन मलाई हम्मेहम्मे छः प्रचण्ड

काठमाण्डु टुडे २०७९ साउन २८ गते १५:१६ मा प्रकाशित

काठमाण्डु, २८ साउन– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचबाट पार्टीलाई वामपन्थीमध्येको पहिलो दलका रुपमा स्थापित गरिने बताएका छन् ।
पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको सातौं साधारणसभाका अवसरमा शनिबार पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले माओवादीलाई वामपन्थीमध्येको पहिलो दल बनाउन कसैले रोक्न नसक्ने बताए । उनले माओवादी धाराका दलहरुबीच छिट्टै एकीकरण हुन लागेको समेत खुलासा गरे ।
माओवादीप्रति देशभर आकर्षण देखा परेको ृउल्लेख गरे र हामीले माओवादीप्रतिको आकर्षण बचाउन सक्यौं र पूर्वमाओवादी र अरु कम्युनिष्ट घटहरुबाट माओवादीमा आउने लहरजस्तै चलेको छ दिनदिनै’, उनले भने, ठूलै संख्यामा अब त कतिपयसँग समूहगत रुपमा पनि एकता हुने कुरा अन्तिम रणमा पुगेको पनि छ । यो सबैलाई बचाउन सक्यौं भने हामी फेरि लेफ्टमुभेमन्टको पहिलो पार्टी बन्ने पुरै सम्भावना छ ।’

उनले प्रदेश र संघीय निर्वाचनमा पार्टीलाई एकताबद्ध गरी जनतालाई त्यसँग जोडेर दृढताका साथ अगाडि बढ्न निर्देशन दिए । प्रचण्डले अहिलेको परिवर्तन सानो दुःख, सानो त्याग र सानो बलिदानले नआएको स्मरण गरे । प्रचण्डले आफूहरले ल्याएको परिवर्तन संस्थागत गर्न बनेको संधिवानमाथि अलोकतान्त्रिक र असंवैधानिक प्रहार हुँदा सडक, सदन र र सरकारका मोर्चा परिचालन गरे लडेको र जितेको उल्लेख गरे । प्रचण्डले वर्तमान सत्ता गठबन्धनलाई निर्वाचनसम्म लैजाने र विचार र कार्यक्रममा समानता भएका वाम शक्तिबीचको एकतालाई रणनीतिका रुपमा लिएर अघि बढनुपर्ने अवस्था रहेको औंल्याए । ‘परिवर्तनलाई अझै परिमार्जन र विकास गर्न तथा जनताको विकास र समृद्धिको आकांक्षालाई पुरा गर्न विचार र राजनीतिक मुद्धामा निकट भएका सबै शक्तिलाई सँगै लिएर जानुछ’, उनले भने, ‘गणतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि बनेको गठबन्धनलाई चुनावसम्म लानुछ र सही विचारका आधारमा लेफ्ट मुभमेन्टर्लाइ एक ठाउँ केन्द्रित गर्ने रणनीति पनि हामीले छोड्न हुने भएको छैन ।’

देशभित्र र बाहिर रहेका जनता र युवामा अहिले पनि माओवादी र त्यसको तेृत्वप्रतिको भरोसा र विश्वास नटुटेको प्रचण्डले बताए । ‘म जहाँ जान्छु चाहे कतार जाँदा होस् चाहे जापान जाँदा होस् मैले के अनुभूत गर्छु भने जनताको तहमा हाम्रो पार्टीले खेलेको भूमिका हिजोका दिनमा गरेको त्याग र बलिदान र नेतृत्वको खेलेको भूमिकाप्रति अगाध आस्था र विश्वास छ ’, उनले भने । तर, पार्टीका नेता मिलाउन आफूलाई हम्मेहम्मे परेको उनको भनाइ थियो ।

नेताहरुको एउटा पंक्तिमा चाहिं नीति, नेतृत्व र विचारप्रतिको विश्वास धर्मराएको टिप्पणी प्रचण्डले गरे । ‘नेताहरु एकजुट भएर जाँदा जनता जुरुक्क उठ्ने देख्छु । नेताहरुलाई कसरी मिलाउने भन्ने मेरो अगाडि आजको दिनमा चुनौती देख्छु ।’ प्रचण्डले मधेसमा पछिल्लो समय हजारौं बुद्धिजिवी र अश्र पार्टीका कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गर्ने लहर चलेको भन्दै पार्टीभित्रैका नेताहरुमा भने मारामारको अवस्था रहेको बताए । उनले एक्ले अर्कालाई सिध्याउन हिंडेका नेताहरुकै बारेमा छानबिन समिति बनाउनुपर्ने अवस्था आएको उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us