महाअभियोग सिफारिस समितिको सचिवमा गौतम

काठमाण्डु टुडे २०७९ साउन २५ गते १७:४२ मा प्रकाशित

काठमाण्डु, २५ साउन– चोलेन्द्रशमशेर राणाविरुद्धको महाअभियोग सिफारिस समितिको सचिवमा लक्ष्मीप्रसाद गौतम तोकिएका छन् ।

संघीय संसद सचिवालयले सहसचिव गौतमलाई बुधबार महाभियोग सिफारिस समितिको सचिवको जिम्मेवारी दिएका हुन् । गौतम संसदको कानुन महाशाखा प्रमुख हुन् । प्रतिनिधिसभादले सचिवालयमा गत २९ फागुनमा दर्ता भएको राणाविरुद्धको महाअभियोग प्रस्ताव साढे ६ महिनापछि २२ साउनमा समितिमा पठाएको थियो ।

सभामुख अग्नि सापकोटाले बुधबार ११ सदस्यीय समितिको सहजीकरण बैठक डाकेका थिए । उनले समिति सदस्यहरुलाई राणाविरुद्धको महाअभियोग प्रक्रिया अघि बढाउन आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us