थप ९ सय ३४ जनामा कोरोना संक्रमण, एकको मृत्यु

काठमाण्डु टुडे २०७९ साउन २३ गते १५:२६ मा प्रकाशित

काठमाण्डु, २३ साउन– नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमणका कारण एक जनाको मृत्यु भएको छ ५ हजार ३ सय ५१ जनाको परीक्षण गर्दा ९ सय ३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २ हजार ८ सय ६२ जनाको पीसीआर परीक्षण गर्दा ४ ९८ र २ हजार ४ सय ८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय ३६ जनामा संक्रमण पुष्टि भएको हो ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us