महेश बस्नेतलाई चुनाव हराउन गगन थापाको अपिल

काठमाण्डु टुडे २०७९ साउन २१ गते १८:३६ मा प्रकाशित

काठमाण्डु, २१ साउन–कांग्रेस महामन्त्री गगनकुमार थापाले आगामी मंसिर ४ मा हुने संघीय र प्रदेशसभा निर्वाचन तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
स्वर्गीय श्यामबहादुर कार्कीको १५औँ स्मृति दिवसका पारेर शनिबार भक्तपुरको बालकोटमा शनिबार आयोजित कार्यक्रममा थापाले काँग्रेसको बहुमत आउने गरी तयारी गर्न निर्देशन दिए ।

प्रतिनिधिसभामा भक्तपुरका दुवै क्षेत्र र प्रदेशका चारवटै क्षेत्रमा काँग्रेसको झण्डा फहराउन आग्रह गरे । कार्यक्रम आयोजना भएको क्षेत्रमा अघिल्लो निर्वाचनमा एमाले नेता महेश बस्नेत विजयी भएका थिए ।

कार्यक्रममा कांग्रेस युवा नेता गुरूराज घिमिरेले प्रजातन्त्र प्राप्तिको ३२ वर्षमा पनि देशले कुनै उपलब्ध हासिल गर्न नसकेको बताए ।

जापान, सिंगापुर, दुबईलगायत विभिन्न देशले १२ देखि ३० वर्षमा ठूलो प्रगति गरेको चर्चा गर्दै पालले प्रजातन्त्र उदय भएको ३२ वर्षमा सरकार परिवर्तन गर्ने र निर्वाचन गर्नेबाहेक केही गर्न नसकेको उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us