सत्ता गठबन्धनमा मिलेन भागबण्डा, कसको कति सिटमा दाबी

काठमाण्डु टुडे २०७९ साउन १८ गते ७:५३ मा प्रकाशित

काठमाण्डु, १८ साउन– आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेल विषयमा सत्ता गठबन्धनभित्र सहमति त छ तर गठबन्धनभित्र कसरी र कुन मोडालिटीमा सिट बाँडफाँट हुने ? भन्ने विषय भने पेचिलो बन्दै गइरहेको छ । सिट बाँडफाँटमा व्यापक उल्झन हुनसक्ने समेत देखिएको छ ।

प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसले गत असारमा ६ दिन बसेको केन्द्रीय समिति बैठकबाटै आगामी निर्वाचनमा सत्तारूढ दलबीच चुनावी तालमेल गर्ने निर्णय गरेको थियो । सो निर्णयको गठबन्धनमा आबद्ध दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले स्वागत गरेका थिए । त्यसयता गठबन्धनभित्र आगामी निर्वाचन र सिट बाँडफाँटको ‘मोडालिटी’ बारे छलफल नै भएको छैन ।

कसको कति दाबी ?
काँग्रेस– ८० देखि ९० सिट
माओवादी केन्द्र– ५० बढी
जनता समाजवादी–३०
नेकपा एकीकृत समाजवादी–३०
राष्ट्रिय जनमोर्चा–५

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us