काठमाण्डु, १६ साउन– नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
ललितपुर जिल्ला अदालतले सोमबार एक सुचना जारी गर्र्दै चन्दविरुद्ध कर्तव्य ज्यान, हातहतियार तथा खरखजाना, राज्यविरुद्धको अपराध , हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुरको मुद्दामा पक्राउ पुर्जी जारी गरेको हो । सूचनामा ३५ दिनभित्र अदालतमा हाजिर हुन भनिएको छ ।
म्याद बेपत्ते तामेल भएकाले २०७९ साउन ६ गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८ को १३ अनुसार ३५ दिने पक्राउ पुर्जी जारी गरिएको सूचनामा उल्लेख छ । विप्लवसहित प्रवक्ता खड्गबहादुर विक, मोहनबहादुर कार्की, टेकबहादुर केसी, भरतबहादुर बम र पदमबहादुर राईविरुद्ध पनि अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।