काठमाण्डुकै उम्मेदवारले बुझाएनन् निर्वाचनको खर्च विवरण

काठमाण्डु टुडे २०७९ साउन १५ गते ७:१४ मा प्रकाशित

काठमाण्डु, १५ साउन– देशको संघीय राजधानी काठमाण्डुभित्रै निर्वाचन आयोगको केन्द्रीय कार्यालय छ ।

जिल्ला निर्वाचन कार्यालय पनि काठमाण्डुको रिङरोडभित्रै छन् । यद्यपि स्थानीय तह निर्वाचनमा काठमाण्डु जिल्लाका विभिन्न पालिकाबाट चुनावमा स्पर्धा गरेका उम्मेदवारको पहुँच भने निर्वाचन कार्यालयसम्म भएको देखिँदैन ।

निर्वाचनको मतपरिणाम सार्वजनिक भएको ३० दिनभित्र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा खर्च बुझाउनुपर्ने कानुनी व्यवस्था छ । तर स्थानीय निर्वाचन–२०७९ मा काठमाण्डु जिल्लाबाट कुल तीन हजार ३ सय १० जनाले उम्मेदवारी दिएका थिए । जसमध्ये करिब दुई हजार १५० जना पराजित उम्मेदवारले निर्वाचन खर्च अझै पनि बुझाएका छैनन् ।

काठमाण्डु महानगरपालिकाको निर्वाचनको अन्तिम परिणाम जेठ ११ गते घोषणा भएको थियो । कानुनबमोजिम असार ११ गतेभित्र निर्वाचन खर्च बुझाउनुपर्नेमा उक्त समयभित्र महानगरका १ सय ८१ जना उम्मेदवारले निर्वाचन खर्च बुझाएको निर्वाचन कार्यालयका सूचना अधिकारी समिता बस्नेतले बताइन् ।

काठमाण्डु महानगरपालिकामा विभिन्न पदका लागि ८ सय २५ जनाले उम्मेदवारी दिएका थिए । तीमध्ये १ सय ९३ जनाले मात्रै आफ्नो निर्वाचन खर्च बुझाएका छन् । १२ जनाले त कानुनले तय गरेको समयसीमा बाहिर गएर निर्वाचन खर्च बुझाएका छन् । गोरखापत्र दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us