काठमाण्डु, ११ साउन– पूर्वी तराईका जिल्लाहरुमा भारी वर्षा भएको छ ।
झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटा, उदयपुर र आसपास जिल्लामा भारी मात्रामा वर्षात भइरहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षातको क्रम आज दिनभरजस्तै रहन सक्ने अनुमान गरिएको छ ।
महाशाखाले ती जिल्ला भएर बग्ने ठूला र साना नदी तथा खोलामा बाढी आउनसक्ने भएकाले सतर्कता अपनाउन अपिल गरेको छ ।
होचा स्थान र साना नदी तटीय क्षेत्र आसपास जनतालाई सतर्कता अपनाउन भनिएको छ ।