एमाले कार्यकर्ता हत्याको विरोधमा माओवादी र समाजवादी आन्दोलनमाः प्रहरीले चलायो गोली

काठमाण्डु टुडे २०७९ असार २० गते १४:३५ मा प्रकाशित

काठमाण्डु, २० असार– अछाममा एमाले समर्थक एक किशोरको हत्या भएको विरोधमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाएको छ ।

सरकारी वकिल नै घटनाका आरोपीलाई उन्मुक्ति दिन लागिपरेको भन्दै प्रदर्शन भएको हो । प्रदर्शनकारीले नाराबाजीसहित मंगलसेनस्थित जिल्ला अदालत र सरकारी वकिलको कार्यालय अदालत घेराउ गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ ।

अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीले स्थिति नियन्त्रणमा लिन केही सेल अश्रुग्यास र हवाई फायर गरेको बताए । आरोपीलाई अदालत पेश गर्ने तयारी भएका नाराबाजीसहित सरकारी वकिल कार्यालय र जिल्ला अदालत घेराउ गर्न खोजेपछि बाध्य भएर बल प्रयोग गर्नुपरेको उनले बताए ।

सरकारी वकिल कौशल ढुङ्गानाले मुद्दा अदालतसम्म नपु-याउन दबाब दिएको आरोप पीडित पक्षको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–४ का किशोर विनोद शाहीको गत २१ जेठमा घर नजिकै शव फेला परेको थियो । शाहीको हराएको पाँच दिनपछि शव भेटिएको थियो ।

स्थानीय निकायको निर्वाचनको विषयलाई लिएर काँग्रेस र एमाले कार्यकर्ताबीच भलडप भएको थियो । झडपपछि शाहीलाई काँग्रेस कार्यकर्ताले लिएर गएको र आरोप पीडित परिवारको छ ।

प्रहरीले किटानी जाहेरीका आधारमा मेयर अम्बिका चलाउनेसहित ७ जनालाई पक्राउ गरेको छ । दोषीमाथि कारबाहीको माग गर्दै एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीृकत समाजवादी लगायत दलले हिजो र आज जिल्ला बन्द गराएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us