गण्डकीका मुख्यमन्त्रीको पद संकटमा !

काठमाण्डु टुडे २०८१ वैशाख २८ गते २०:२६ मा प्रकाशित

काठमाण्डु, २८ वैशाख– सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारलाई दूरगामी खालका निर्णय नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले शुक्रबार उक्त आदेश दिएको हो ।

मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतविरूद्ध कांग्रेस नेता एवं निवर्तमान मुख्यमन्त्री सुरेन्द्र पाण्डेले गत २५ चैतमा रिट दायर गरेका थिए ।

अर्को आदेश नभएसम्म कुनै महत्वपूर्ण निर्णय नदिने मुख्यमन्त्री अधिकारीलाई अदालतले भनेको छ ।

६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको समर्थन चाहिने भए पनि सभामुख कृष्ण धितालले ३० सांसदको समर्थनमा अधिकारीले विश्वास मत पाएको घोषणा प्रदेश सभामा गरेका थिए ।

मुख्यमन्त्री अधिकारीले गत २३ वैशाखमा विश्वासको मत पाएको घोषणा सभामुख धितालले गरेका थिए । उनको पक्षमा ३० र विपक्षमा २७ मत खसेको थियो । दुई सांसद तटस्थ बसेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us