गगन थापाको आरोपः रवि लामिछानेमाथि छानबनि गर्ने इन्स्पेक्टरलाई बिरामी पारियो

काठमाण्डु टुडे २०८१ वैशाख २८ गते २१:१४ मा प्रकाशित

काठमाण्डु, २८ वैशाख– काँग्रेस महामन्त्री गगनकुमार थापाले रवि लामिछाने संलग्न सहकारी प्रकरण छानबिनमा खटिएका प्रहरी निरीक्षक दबाब खेप्न नसकेर बिरामी परेको दाबी गरेका छन् ।

प्रतिनिधिसभा बैठक बहिस्कारपछि शुक्रबार संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै थापाले ती प्रहरी निरीक्षक बाँसबारीस्थित गंगागाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना भएको बताए ।

‘तपाईंहरुले सिआईबीको रिपोर्ट पक्कै पनि हेर्नुभयो होला आज । त्यो रिपोर्टमा उल्लेख भएको अनुसन्धान गर्ने इन्स्पेक्टर जो अहिले त्यहाँभित्रको दबाब खेप्न नसकेर स्वास्थ्य उपचार गर्ने क्रममा गंगालाल अस्पताल आउनुपर्ने अवस्था बनेको छ’, उनले भने, ‘तिनको हालत कसले यो गरायो भनेर प्रहरी महानिरीक्षकलाई सोधिदिनुस् ।’

लामिछानेले आफूविरुद्धका सबै तथ्य र प्रमाण नष्ट गरिसकेको पनि उल्लेख गरे । ‘जति तोडमोड गर्दा पनि जसका आधारमा हामी जे कुरा भनिरहेका छौं । यो पुष्टि हुन्छ भन्ने कुरामा हामीलाई शतप्रतिशत विशवास छ’, थापाले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us