एमाले कार्यकर्ता हत्याको आरोपमा मेयर पत्राउ

काठमाण्डु टुडे २०७९ असार १९ गते १५:५६ मा प्रकाशित

अछाम, १९ असार– अछामको पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउने पक्राउ परेकी छन् ।

हत्या आरोपमा किटानी जाहेर परेपछि प्रहरीले चलाउनेलाई आइतबार पक्राउ गरेको हो । उनीमाथि १७ वर्षीय किशोर विनोद शाहीको हत्यामा संलग्न रहेको आरोप लागेको छ ।

कक्षा १० मा अध्ययनरत विनोद गत जेठ १७ गतेदेखि बेपत्ता थिए । बेपत्ता भउको पाँच दिनपछि उनको शव नजिकै जंगलमा फेला परेको थियो । अछाम प्रहरीका डिएसपी नारायण डाँगीले मृतक परिवारको किटानी जाहेरीका आधारमा मेयर चलाउनेलाई पक्राउ गरिएको बताए ।

गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको विषयमा स्थानीय काँग्रेस र एमालेका कार्यकर्ताबीचको विवादले झडपको रुप लिएको थियो । झडपमा संलग्न विनोदलाई काँग्रेस कार्यकर्ताले नियन्त्रणमा लिएका थिए ।

झडपपछि घर नफर्किएका उनको पाँच दिनपछि शव भेटियो । मेयर चलाउने काँग्रेसबाट निर्वाचित भएकी हुन् । घटनापछि मृतक परिवारले चलाउनेसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएको थियो ।

शाही एमाले समर्थक हुन् । यसैबीच एमाले, काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपाले घटना छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दै अछाम बन्दको आयोजना गरेका छन् । बन्दका कारण जिल्लाभार यातायात ठप्प भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us