कार्यकर्तालाई खुट्टा ढोगाउने माओवादी नेता भन्छन्ः यो हाम्रो संस्कार हो

काठमाण्डु टुडे २०७९ असार १९ गते १३:२३ मा प्रकाशित

काठमाण्डु, १९ असार– कार्यकर्तालाई खुट्टा ढोगाएपछि विवादमा आएका माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री शिवकुमार मण्डलले खुट्टा ढोगाउनु आफूहरुको जातीय संस्कार भएको बताएका छन् ।

 

आफ्नो बचाउ गर्दै मण्डलले कार्यकर्ताका रुपमा नभई अग्रजका रुपमा आफ्नो खुट्टा ढोगिएको दाबी गरे । मण्डलले शनिबार विराटनगर–५ स्थित आफ्नै निवासमा विवाहको वार्षिकोत्सव समारोहमा कार्यकर्तालाई खुट्टा ढोगाएका थिए । माओवादी कार्यकर्ता देवा यादव लगायतले उनको खुट्टा ढोगेका थिए ।

मण्डलको वैवाहिक समारोहमा कार्यकर्ताले निधार खुट्टामा राखेर ढोगेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । ‘अग्रजलाई खुट्टा ढोग्नु हाम्रो पारिवारिक संस्कार हो’, मण्डलले भने, ‘कार्यकर्ताको रुपमा होइन, आशिर्वादका ढोगेका हुन ।’ आफूले पनि अग्रजको खुट्टा ढोग्ने गरेको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us