पुरुषमाथि भएका हिंसाका बारेमा पनि व्यवस्था गरौंः बिन्दा पाण्डे

काठमाण्डु टुडे २०७९ असार ९ गते १३:३९ मा प्रकाशित

काठमाण्डुक, ९ असार– नेकपा एमालेकी सांसद बिन्दा पाण्डेले महिलाबाट पुरुषमाथि पनि हिंसा हुने घटना देखिएकाले यसबारेमा सोच्नुपर्ने तर्क राखेकी छन् ।

प्रतिनिधि सभाअन्तर्गतको कानुन मानवअधिकार समितिको बैठकमा धारणा राख्दै सांसद पाण्डेले यौन हिंसा बारेमा पटक पटक हदम्याद बढाउने कानुन बनाएको स्मरण गराउँदै पुरुष हिंसाका बारेमा पनि सोच्नु पर्ने बेला आएको बताएकी हुन् ।

‘हदम्यादलाई ३५ दिनबाट छ महिनासम्म पुर्यायौँ, ६ महिनाबाट एक वर्ष पुर्यायौँ, यसले पनि भएन, अब जहिले सुकै र जसले पनि उजुरी दिन पाउने गरि न्यायको ढोका सँधैका लागि खुला गरौँ, पुरुषमाथि भएका हिंसाका बारेमा पनि व्यवस्था गरौं,’ उनले भनिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us