कोटेश्वरमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाण्डु टुडे २०७९ जेठ १२ गते १८:४८ मा प्रकाशित

काठमाण्डु, १२ जेठ– काठमाण्डुको कोटेश्वरमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

बसको ठक्करबाट स्कुटर चालक रामेछाप गोकुलगंगा गाउँपालिका–१ का ३७ वर्षीय आशाबहादुर नेवारको मृत्यु भएको हो ।

्महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार कोटेश्वरबाट बालकुमारीतर्फ जाँदै गरेको बा२ख ६१२१ नम्बरको बसले सोही दिशामा रहेको बा८९प ९०२४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते नेवारलाई उपचारका लागि बीएण्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us