ओलीलाई झलनाथको जवाफ– मैले राज्यलाई ५५ रोपनी जग्गा दिएँ

काठमाण्डु टुडे २०७९ जेठ १२ गते १८:४२ मा प्रकाशित

काठमाण्डु, १२ जेठ– नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता तथा पूर्वप्रधामन्त्री झलनाथ खनालले आफ्नो सम्पत्ति राज्यलाई सुम्पिने व्यक्ति आफूमात्र रहेको भनी एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको खण्डन गरेका छन् ।

संसदको रोष्टमबाटै ओलीलाई जवाफ दिँदै खनालले ओलीले भन्दा पहिले आफूले पुर्ख्यौली सम्पत्ति राज्यलाई दिएर इलाममा सीटीईभीटी भवन बनाएको बताए ।

खनालले भने, ‘प्रमुख प्रतिपक्षको नेताले व्यक्तिगत सम्पत्ति राज्यलाई दिने कोही छ ? भनेर च्यालेन्ज गर्नुभयो । सदनलाई जानकारी होस्, म उहाँभन्दा १५ वर्षअघि प्रधानमन्त्री भएकै बेला इलामको ५५ रोपनी मेरो जग्गा राज्यलाई दिएर सीटीइभीटी निर्माण गरेँ । इलाममा जग्गा खोज्दा कतै नमिलेपछि मैले आफ्नै जग्गा दिएको थिएँ । सभामुख र माननीय सांसदहरुलाई इलामको सीटीईभीटी डाँडामा गएर एकचोटी अवलोकन गर्न आग्रह गर्छु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us