दैलेखमा झण्डै ६० जना सवार बस दुर्घटना, धेरैको हताहती भएको अनुमान

काठमाण्डु टुडे २०७९ जेठ ११ गते २२:१२ मा प्रकाशित

काठमाण्डु, १० जेठ– दैलेखको आठबीस नगरपालिका–२ स्थित सिस्नेमा बस दुर्घटना भएको छ ।

कालीकोटबाट नेपालगञ्ज आउँदै गरेको म१ख ६६० नम्बरको बस बुधबार राति सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको हो । प्रहरीले केही यात्रु हताहती भएको हुन सक्ने आशंका गरेको छ ।

दैलेख प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले घटनाबारे जानकारी पाएसँगै उद्दारका लागि टोली गएको जानकारी दिए । क्षमताभन्दा बढी यात्रु चढेका कारण बस दुर्घटना भएको प्रारम्भिक सूचना आएको उनले बताए ।

५० देखि ६० जना यात्रु बसमा रहेको अनुमान गरिएको उनले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us