काठमाडौंको उपमेयरमा सुनिता तेब्बर मतले अघि

काठमाण्डु टुडे २०७९ जेठ ८ गते १८:१० मा प्रकाशित

काठमाण्डु, ८ जेठ– काठमाडौं महानगरको उपमेयर तर्फ १ लाख १० हजार ८६० मतगणना भएको छ ।

मेयरमा स्वतन्त्र उम्मेदवारले अग्रता लिइरहेको महानगरमा उपमेयरतर्फ एमाले उम्मेदवार सुनिता डंगोलको अग्रता छ । उनले ३९ हजार ८१६ मत प्राप्त गरेकी छन् ।

यस्तै नेकपा एकीकृत समाजवादीका उम्मेदवार राम श्रेष्ठले १३ हजार ८९५ मत पाएका छन् । पछिल्लो परिणामअनुसार उपमेयरमा डंगोलले २५ हजार ९२१ मतको अग्रता कायम गरिरहेकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us