थप ६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डु टुडे २०७९ जेठ ८ गते १७:०२ मा प्रकाशित

काठमाण्डु, ८ जेठ– नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका थप ६ जना नयाँ संक्रमित थपिएका छन् । २ हजार २ सय २६ जनाको नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण देखिएको हो ।

सोही अवधिमा १३ जना डिस्चार्ज भएका छन् । यससँगै नेपालभर सक्रिय संक्रमितको संख्या १४१ पुगेको छ ।

यो अवधिमा कोही पनि संक्रमितको मृत्यु भएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us