पोखराको मेयर एमालेबाट एकीकृत समाजवादीले खोस्ने करिब पक्का 

काठमाण्डु टुडे २०७९ जेठ ८ गते १०:२० मा प्रकाशित
पोखरा, ८ जेठ– पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले प्रतिस्पर्धीसँगको अग्रता फराकिलो पार्दै लगेका छन् ।
एक लाख १ हजार १ सय २१ मत गणना हुँदा आचार्यले ४० हजार ४ सउ ३४ मत पाएका छन् ।  एमालेका कृष्ण थापाले ३७ हजार १ सय ७४ मत ल्याए । आचार्यभन्दा थापा ३ हजार २ सय ६० मतान्तरले पछाडि छन् ।
उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले अग्रता कायम गरेकी छन् । । उनले ४२ हजार ३ सय १६ मत पाएकी छन् । कांग्रेस उम्मेदवार कोपिला रानाभाटले ४० हजार ७ सय ४ मत पाएकी छन् । गुरुङ रानाभाटभन्दा १ हजार ६ सय १२ मतले अगाडि छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us