८ वर्षअघि किशोरी बलात्कार गरेको आरोपमा मनोज पाण्डे पक्राउ

काठमाण्डु टुडे २०७९ जेठ ७ गते १८:१६ मा प्रकाशित

काठमाण्डु, ७ जेठ– किशोरी बलात्कारको आरोप लागेका कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डे पक्राउ परेका छन् ।

प्रहरीले शनिबार उनलाई राजधानीबाट पक्राउ गरेको हो । पाण्डेमाथि आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ ।

पीडित युवतीले १६ वर्षको उमेरमा आफूले ‘मिस ग्लोबल इन्टरनेसनल’ मा भाग लिएको र त्यसै क्रममा पाण्डेले होटलमा बोलाएर बलात्कार गरेको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन् । पाण्डेमाथि कारबाहीको माग गर्दै राजधानीमा स्वतस्फुर्त नागरिक प्रदर्शन भइहरेको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुख अग्नि सापकोटाले आरोपीमाथि कारबाही गर्न र पीडितलाई न्याय दिन सरकारलाई रुलिङ गरेका थिए ।

सभामुखको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख बसन्त कुँवरको नेतृत्वमा छानविन समिति गठन गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us