भरतपुरमा रेणु दाहाल ३ हजार बढीले अगाडि

काठमाण्डु टुडे २०७९ जेठ ५ गते ७:२५ मा प्रकाशित

चितवन, ५ जेठ– भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेणु दाहालले प्रतिस्पर्धीसँगको अग्रता थप फराकिलो पार्दै लगेकी छन् ।
३८ हजार ८ सय ६४ मत गणना हुँदा रेणुले १४ हजार ७ सय ६६ मत प्राप्त गरेकी छन् । उनलाई पछ्याइरहेका एमाले–राप्रपा गठबन्धनका विजय सुवेदीले ११ हजार ७ सय ६५ मत ल्याएका छन् ।

काँग्रेसका बागी स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ९० मत पाएका छन् । उपमेयरमा पनि सत्ता गठबन्धनका उम्मदवार काँग्रेसका चित्रशेन अधिकारी १७ हजार ९६ मतसहित अगाडि छन् ।

एमाले–राप्रपा गठबन्धनकी हिमला गुरूङले ९ हजार ५ सय १ मतसहित अधिकारीलाई पछ्याइरहेकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us