कुनै बेला माओवादी थिए बालेन साह

काठमाण्डु टुडे २०७९ जेठ ४ गते १४:४० मा प्रकाशित

काठमाण्डु, ४ जेठ– काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार दिएर राजनीतिक रुपमा चर्चामा अएका ¥यापर एवं इन्जिनियर बालेन साह (बालेन्द्र)को पृष्ठमूमि राजनीतिक भएको खुलेको छ ।

साह इन्जिनियरिङ अध्ययनका शिलसिलामा माओवादी केन्द्र सम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)मा कार्यरत रहेको खुलेको हो ।

बालेन २०६६ सालमा अखिल क्रन्तिकारी पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको हवाइटहाउस इन्जिनियरिङ क्याम्पस इकाइका सदस्य थिए ।

केही वर्ष (क्रान्तिकारी)मा सक्रिय साह इन्जिजियरिङ अध्ययन सकिएपछि भने राजनीतिकभन्दा सामाजिक गतिविधिमा केन्द्रित हुन थालेका थिए । काठमाडौं महानगरपालिकाको जारी मतगणनामा साह प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितभन्दा दोब्बर मतले अघि छन् ।

साढे ४२ हजार मत गनिसक्दा स्थापितभन्दा बालेन ८०४० मतले अगाडि छन् । बालेनले १६६४७ मत ल्याउँदा केशव स्थापितले ८६०७ मत प्राप्त गरेका छन् ।  तेस्रो स्थानमा रहेकी कांग्रेस उम्मेदवार सिर्जना सिंहले ७७६७ मत ल्याएकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us