काठमाडौंमा बालेनको अग्रता कायम, स्थापितभन्दा ३ हजार मतले अघि

काठमाण्डु टुडे २०७९ जेठ २ गते १४:३० मा प्रकाशित

काठमाण्डु, २ जेठ– काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन (बालेन्द्र) शाह नेकपा एमालेका उम्मेदवार केशव स्थापितभन्दा ३ हजार मतले अग्रता कायम बनाएका छन् ।

सोमबार दिउँसो २ बजेसम्म बालेन शाहले ७ हजार ८९ मत प्राप्त गरिसकेका छन्। यस्तै एमालेका स्थापितले ३ हजार ६४६ मत प्राप्त गरेका छन्।

तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले भने ३ हजार ३०० मत पाएकी छन्।

त्यस्तै काठमाडौंको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले गठबन्धनको भन्दा झन्डै चार गुणा बढी मत प्राप्त गरेकी छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us