बुटवल उपमहानगरमा एमाले तेश्रो, गुम्ने भयो बर्चश्व

काठमाण्डु टुडे २०७९ वैशाख ३१ गते १२:२६ मा प्रकाशित

बुटवल, ३१ वैशाख– बुटवल उपमहानगरपालिकामा काँग्रेस उम्मेदवारले अग्रता बढाउँदै लगेका छन् ।

१ हजार १ सय मतगणना सकिँदा कांग्रेसका मेयर उम्मेदवार लेखराज पाण्डेले ४ सय ९६ मत प्राप्त गरेका छन् ।

राप्रपा उम्मेदवार मृगेन्द्रकुमार शेरचनले २६१ मत ल्याएका छन् । तेश्रो स्थानमा रहेको एमालेका बाबुराम भट्टराईले १ सय ९५ मत मात्र प्राप्त गरेका छन् ।

बुटवल उपमहानगर यसअघि एमालेले जितेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us