ओखलढंगा, ३० चैत– ओखलढुंगामा प्रहरीको जीप दुर्घटना भएको छ। दुर्घटनामा परेर दुई प्रहरीको मृत्यु भएको छ। ओलखढुंगामा डीएसपी सुकदेव खनालका अनुसार मृत्यु हुनेहरुमा प्रहरी हवल्दार भुपेन्द्र कार्की र जवान मनिष राजवंशी छन्।
उनका अनुसार हतियार मर्मतका लागि ओखलढुंगाबाट विराटनगरतर्फ जाँदै गरेको बा १७ च १०९४ नम्बरको जीप मानेभन्ज्याङ गाउँपालिका–६ हर्कपुरमा दुर्घटना भएको हो। जीपमा चालकसहित ९ जना सवार रहेका थिए।
चालक बाहेक ८ जना नै प्रहरी हुन्। घाइते हुनेहरुमा इनसपेक्टर ऋषिराज ढकाल, सई धनराज खतिवडा, असई नवराज दाहाल, बरिष्ठ हवल्दार विशाल श्रेष्ठ, भुपेन्द्र खनाल, जवान रुपक विष्ट र चालक लिलाप्रसाद खनाल घाइते छन्।