काँग्रेस बैठकअघि सानेपामा विरोध प्रदर्शन

काठमाण्डु टुडे २०७८ चैत ११ गते ११:१८ मा प्रकाशित

काठमाण्डु, ११ चैत– नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष मनोनयनप्रति असन्तुष्ट पक्षले कांग्रेस केन्द्रीय समिति बैठकस्थल सानेपामा विरोध प्रदर्शन गर्ने भएका छन् । गत साता सभापति शेरबहादुर देउवाले नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेपछि असन्तुष्ट शेखर कोइराला समूहका विद्यार्थी नेताहरूले विरोध प्रदर्शन गर्न लागेका हुन् ।

पूर्व केन्द्रीय सदस्य प्रेमिका रानामगरले भनिन्– ‘सभापतिज्यूले एकलौटी रूपमा नेविसंघ र तरुण दलको अध्यक्ष नियुक्त गर्नुभएको छ । यसप्रति हाम्रो गम्भीर असहमति रहेको छ । बैठक सुरु हुनुअघि शुक्रबार दिउँसो १ बजेदेखि नै शान्तिपुर्ण रूपमा केन्द्रीय कार्यालयमा विरोध प्रदर्शन गर्नेछौं । ’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us