ललितपुर, ७ चैत– जिल्ला निर्वाचन कार्यालय ललितपुरमा स्थानीय निर्वाचनमा भाग लिनका लागि ३१ वटा दल दर्ता भएका छन् । आइतबार ५ बजेसम्म जिल्ला निर्वाचन कार्यालयमा ३१ वटा दल दर्ता भएका हुन् ।
जिल्लामा दर्ता भएका दलले पुरानै चिन्ह पाउने निर्वाचन कार्यालयकी सूचना अधिकारी सरस्वती शर्माले बताइन् । निर्वाचन आयोगले केही दिनअघि आचारसंहिता राजपत्रमा प्रकाशित गरिसकेको छ । यही चैत्र १३ गते आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गर्दै छ ।