काठमाण्डु, ५ फागुन– नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजाल र सरकार प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
बिहीबार बिहान ९ बजे रिजाल ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए । एमसीसीका विषयमा सत्ता गठबन्धनमा खटपट भइरहेको बेला रिजाल ओलीलाई भेट्न बालकोट पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
ओलीका प्रेस संयोजक रामशरण बजगाइँका अनुसार उनीहरुबीच एमसीसीको विषयमा करिब एक घण्टा कुराकानी भएको थियो ।