कर्णालीमा सत्ता गठबन्धन विवाद– तीन महिनादेखि पाँच मन्त्रालय रिक्त

काठमाण्डु टुडे २०७८ माघ ५ गते १७:०६ मा प्रकाशित

सुर्खेत, ५ माघ– सत्ता गठबन्धनमा आन्तरिक विवाद समाधान नभएपछि तीन महिनादेखि कर्णाली प्रदेशमा पाँच मन्त्रालय रिक्त भएका छन् ।

सो प्रदेशको सबैभन्दा ठूलो दल नेकपा माओवादी केन्द्रले चारवटा मन्त्रालय माग गरेपछि कांग्रेस नेतृत्वको कर्णाली प्रदेशमा तीन महिनादेखि पाँच मन्त्रालय रिक्त हुन पुगेका हुन् ।

मुख्यमन्त्री जीवनबहादुर शाहीले गत १६ कात्तिकमा पद सम्हालेको भए पनि अहिलेसम्म दुई जनालाई मात्र जिम्मेवारी तोकेका छन् । नेकपा (एकीकृत समाजवादी) का चन्द्रबहादुर शाही तथा माओवादीका बिन्दमान विष्टबाहेक अन्यलाई जिम्मेवारी दिन सकेका छैनन् ।

गत मंगलबार माओवादी केन्द्रको प्रदेश संसदीय दलको बैठकले पूर्ववत् सहमतिअनुसार चार मन्त्रालय पाउनुपर्ने अडान दोहोर्‍याएपछि मुख्यमन्त्री शाहीलाई मन्त्रिपरिषद विस्तारमा थप कठिनाइ परेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us