कोरोना परीक्षणको शुल्क घट्यो, कति हो अब को शूल्क ?

काठमाण्डु टुडे २०७८ माघ ५ गते १६:४७ मा प्रकाशित

काठमाण्डु ५ माघ– सरकारले कोरोनाको परीक्षण शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ। आरटी–पीसीआर विधिबाट गरीने परीक्षणको शुल्क घटाइएको हो । निजी प्रयोगशालाहरुमा पीसीआर परीक्षणको शुल्क १ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ।

निजी प्रयोगशालाहरुमा कोरोना परीक्षणको शुल्क यसअघि २ हजार रुपैयाँ थियो। सरकारी अस्पताल तथा प्रयोशालाहरुमा कोरोना संक्रमणको लक्षण देखिएकाहरुको निस्शुल्क हुनेछ। अन्यको हकमा भने ८०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us