अबुधावी ‘आतंकवादी आक्रमण’प्रति नेपालद्वारा निन्दा

काठमाण्डु टुडे २०७८ माघ ४ गते १७:२० मा प्रकाशित

काठमाण्डु, ४ माघ– दुई भारतीय र एक पाकिस्तानी नागरिकको ज्यान जाने गरि युएईको अबुधाबीमा भएको ड्रोन आक्रमणप्रति नेपालले निन्दा गरेको छ ।परराष्ट्र मन्त्रालयले मंगलबार ट्वीटरमार्फत युएईका विभिन्न स्थानमा भएका ती आतंकवादी हमलाप्रति खेद व्यक्त गरेको छ ।

मृतकका परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत नेपालले गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us