युवा संघले गठन गर्‍यो महाधिवेशन आयोजक कमिटी (सूचीसहित)

काठमाण्डु टुडे २०७८ माघ १ गते १६:५९ मा प्रकाशित

काठमाण्डु, १ माघ– नेकपा एमाले निकट युवा संघले महाधिवेशन आयोजक कमिटी गठन गरेको छ । पोखरामा सम्पन्न केन्द्रीय सचिवालय बैठकले यसअघिको कमिटी भंग गरी आयोजक कमिटी गठन गरेको हो । आयोजक कमिटी संयोेजक किरण पौडेल रहेका छन् । त्यसैगरी सह संयोजकमा सञ्जीत कुमार झा, क्रान्ति बुर्लाकोटी तोकिएका छन् । संयोजक पौडेल र सहसंयोजक झा एमाले केन्द्रीय सदस्य हुन् ।

अर्की सह संयोजक क्रान्ति बुर्लाकोटी १० बुँदे सहमतिपछि एमालेमा रहेको समूहबाट सह संयाजक बनाइएको हो । सो समुहबाटै कृष्णहरी केसी कार्यालय सदस्य बनेका छन् । युवा संघले १३ सदस्यीय कार्यालय टिम बनाएको छ । सदस्यहरुमा अमित लामा, क्षितिज थेवे, सन्तोष रावल, अञ्जना अधिकारी, रमेश आचार्य, विष्णु घिमिरे, पुष्प श्रेष्ठ, रामजी सापकोटा, सुमन पुरी र उर्मिला सुनुवार रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us