एमालेमा गएका जनप्रतिनिधि पदमुक्त गराउन प्रचण्ड पुगे सर्वोच्च

काठमाण्डु टुडे २०७८ पुष २९ गते ११:५४ मा प्रकाशित

काठमाण्डु, २९ पुस– नेकपा एमालेमा प्रवेश गरेपछि निर्वाचन आयोगबाट पदमुक्त गरेका स्थानीय तहका जनप्रतिनिधिलाई पुनर्वहाली गर्ने सर्वोच्चको अन्तरिम आदेश खारेज गर्ने माग गर्दै माओवादी अध्यक्ष प्रचण्ड सर्वोच्च अदालत पुगेका छन् ।

अध्यक्ष प्रचण्डले गत असारमा विभिन्न स्थानीय तहका जनप्रतिनिधिलाई सर्वोच्चले अन्तरिम आदेशबाट कामकाज गर्न नरोक्नू भनेपछि सो आदेश खारेजीको माग गर्दै रिट दायर गरेका थिए ।

प्रदेश २ कामात्रै ७ जना मेयर, १० जना उपमेयर र ८० जनाभन्दा बढी वडाध्यक्षसहितका स्थानीय जनप्रतिनिधि नेकपा एकता प्रक्रिया टुटेपछि माओवादीमा नफर्की एमालेमा बसेका थिए ।

त्यस्तै अन्य जिल्लाका पनि एक सयभन्दा बढी जनप्रतिनिधि एमालेमा प्रवेश गरेपछि माओवादीले निष्कासन गरेर निर्वाचन आयोगमा पत्राचार गरेको थियो । माओवादीले निष्कासन गरेको आधारमा आयोगले उनीहरूलाई पदमुक्त गरेको सूचना निकालेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us