भीम रावलको प्रतिबद्धता- एमालेकाे रक्षाका लागि जस्तोसुकै त्याग गर्न तयार छु

काठमाण्डु टुडे २०७८ पुष ३ गते ९:५२ मा प्रकाशित

काठमाण्डु, ३ पुष– नेकपा (एमाले)का नेता भीम रावलले एमाले रक्षाका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन् । अछामको बान्नीगढी जयगढ गाउँपालिकाको जयगढमा एमाले कार्यकर्तालाई सम्बोधन गर्दै नेता रावलले व्यक्तिभन्दा पार्टी महत्त्वपूर्ण भएको भन्दै एमालेलाई जीवन्त राख्न आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताए ।

तर, कसैले पाखा लगाउन खोजेमा भने त्यसको परीणाम राम्रो नहुने उनले चेतावनी दिए । रावलले सम्पूर्ण कार्यकर्तालाई एकताको पक्षमा उभिनसमेत आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us