१०२० मत गन्दा गगन सर्वाधिक, विश्वप्रकाशको ४०४ मत

काठमाण्डु टुडे २०७८ पुष १ गते १२:४६ मा प्रकाशित

काठमाण्डु, १ पुष– नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तरगत बिहीबारदेखि सुरु भएको महामन्त्री पदको मतगणना जारी रहेको छ ।

निर्वाचन समितिका अनुसार १०२० मत गन्दा गगन थापाले सर्वाधिक ६५८ मत पाएका छन् । यस्तै विश्वप्रकाश शर्माले ४०४ मत ल्याएका छन् भने प्रदिप पौडेलले ३२० मत प्राप्त गरेका छन् । यस्तै, प्रकाशशरण महतले ३४२ र मीनेन्द्र रिजालले १७५ मत पाएका छन् । भने राजाराम कार्कीले ३९ मत ल्याएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us