सशस्त्र प्रहरीद्वारा दूईनाले बन्दुकसहित तीन जना पक्राउ

काठमाण्डु टुडे २०७८ मंसिर २४ गते १७:३९ मा प्रकाशित

कैलाली, २४ मंसिर–  कैलाली जिल्लाको भजनी नगरपालिका ७ स्थित हुलाकीमार्गबाट सशस्त्र प्रहरीले दूईनाले बन्दुकसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको घोडाघोडी नगरपालिका बस्ने ५५ वर्षीय दयाराम चौधरी, ३५ वर्षीय अजय चौधरी र २९ वर्षीय तुलाराम चौधरी छन् ।

दुई वटा मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हिम्मतपुरले सो बन्दुकमा प्रयोग हुने ८ वटा टोटा कार्टिजसहित पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई बरामद बन्दुक तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us