थप २११ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

काठमाण्डु टुडे २०७८ मंसिर २३ गते १६:२१ मा प्रकाशित

काठमाण्डु, २३ मंसिर– नेपालमा थप २११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन बिधिबाट ९ हजार ४५१ जनाको नमूना परीक्षण गर्दा बिहीबार २११ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोहि अवधिमा ८ हजार १८ जनाको पीसीआर र १ हजार ४३३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। पीसीआर परीक्षणबाट १९७ जना र एन्टिजेन परीक्षणबाट १४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

२४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा गरी २ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५४९ पुगेको छ।

३२९ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त (निको) भएका मन्त्रालयले जानकारी दिएको छ।  मन्त्रालयका अनुसार हाल देशभर हाल ६ हजार १०५ जना सक्रिय संक्रमित रहेका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us