यो आन्दोलन मर्यादाभन्दा बाहिर गयो, व्यक्ति केन्द्रित भएर शुरु भएको आन्दोलनले न्यायलय सुधार गर्दैनः एमाले

काठमाण्डु टुडे २०७८ मंसिर २३ गते १५:५९ मा प्रकाशित

काठमाण्डु, २३ मंसिर– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सर्वोच्च अदालतमा जारी आन्दोलन मर्यादाभन्दा बाहिर गएको आरोप लगाएको छ ।

पार्टी निकट पत्रकार संगठन प्रेस चौतारीले आयोजना गरेको कार्यक्रम पत्रकार सम्मेलनमा बोल्दै एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सर्वोच्च अदालतमा जारी आन्दोलन कुनै सुधारकोका लागि नभइ कसैको स्वार्थ वा पक्षको भएको टिप्पणी गरेका हुन् । ।

‘आज भइरहेको आन्दोलनको मूल विषय न्यायलय सुधारको हड्ताल होइन,’ उनले भने, ‘संकटकालमा समेत रोक्न नपाइने बन्दीका मुद्दाहरु समेत रोकिएको छ। यो आन्दोलन मर्यादाभन्दा बाहिर गएको र व्यक्ति केन्द्रित भएर शुरु भएको आन्दोलनले न्यायलय सुधार गर्दैन।’

उनले एमाले सर्वोच्चबाट पीडित पार्टी भएको पनि बताए। ‘देशमा कोरोनाको महामारी हुँदा स्वास्थ्य मन्त्री राख्न पाउँदैनौ भनेर खारेज गर्ने भन्ने यही आदलत र न्यायाधीश हो,’ उनले भने, ‘हामी विपतमा छौं, तर गृहमन्त्री नराख्न सर्वोच्चले भन्यो।’

एमाले स्वतन्त्र र सक्षम न्यायलयको पक्षमा रहेको बताउँदै ज्ञवालीले न्यायलयमा विकृतिहरु छन्, हट्नुपर्छ भन्ने पक्षमा रहेको, तर कोही व्यक्ति हटाउँदैमा न्यायलयको सुधार नहुने समेत दाबी गरे।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us