कांग्रेसलाई देशकै ठुलो पार्टी बनाउनुपर्छ : देउवा

काठमाण्डु टुडे २०७८ मंसिर २३ गते ११:१९ मा प्रकाशित

काठमाण्डु, २३ मंसिर– नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरवहादुर देउवाले सबै मिलेर पार्टीलाई देशकै ठुलो पार्टि बनाउनुपर्ने बताएका छन् ।

नेपाली कांग्रसका नेता डा. प्रकाशशरण महतद्धारा लिखित ‘नेपाल कांग्रेस एण्ड नेशनल बुल्डिङ’ नामक पुस्तक विमोचन गर्दै प्रधानमन्त्री देउवाले १४ औं महाधिवेशनमा सबै मिलेर अघि बढ्नुपर्ने बताएको हुन् ।

‘पार्टीमा जहिले पनि सक्रिय रूपमा लाग्ने र सुरु गरेको कामलाई जसरी पनि पूरा गर्ने स्वभाव भएका व्यक्तिले लेखको पुस्तक राम्रो हुन्छ भन्ने विश्वास लिएको छु।’ महतको प्रशंसा गर्दै देउवाले भने, ‘मैले पुस्तक पढ्न पाएको छैन, पुस्तक राम्रो बनेको छ भन्ने विश्वास लिएको छु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us