भारतीय सेना प्रमुख सवार हेलिकोप्टर दुर्घटना, चारजना मृत भेटिए

काठमाण्डु टुडे २०७८ मंसिर २२ गते १४:३३ मा प्रकाशित

काठमाण्डु, २२ मंसिर– भारतीय सेना प्रमुख विपिन रावत चढेको हेलिकप्टर बुधबार दुर्घटना भएको छ ।

इन्डियाका सञ्चार माध्यमका अनुसार रावत र उनका परिवारका सदस्यहरू चढेको इन्डियन एयरफोर्सको एमआई सिरिजको हेलिकप्टर तमिल नाडुको कोइम्बातोर क्षेत्रमा दुर्घटनामा परेको हो।रावत कुनुरबाट वालिङ्टन जाँदै थिए। हेलिकप्टर भारतीय सेनाका अन्य उच्च अधिकारीहरू पनि रहेको बताइएको छ।

हेलिकप्टरमा आगलागी भएको छ। अहिलेसम्म दुई जनाको शव फेला परेको र तीनको उद्धार गरिएको र घाइतेहरूको अवस्था गम्भीर छ । साथै घटनाबारे विस्तृत विवरण भने आउन बाँकी रहेको बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us