काठमाण्डु, २२ मंसिर– नेकपा (एमाले) को ३०१ सदस्यीय केन्द्रीय कमिटीमा १३७ जना (४६ प्रतिशत) नयाँ सदस्यको प्रवेश भएको छ । यही मङ्सिर १० देखि १४ गतेसम्म चितवनमा भएको १०औँ राष्ट्रिय महाधिवेशनमा निर्वाचन र सहमतिका माध्यमबाट नयाँ नेतृत्व चयन भएको थियो । केन्द्रीय सदस्यमा ३२ वर्षका युवा र महिलाहरुले पनि प्रवेश पाएका छन् ।
एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार पुराना र नयाँ केन्द्रीय सदस्यको राम्रो सन्तुलन देखिएको विधानबमोजिम समावेशी अनुहार पनि कायम रहेको छ ।
एमालेले १० प्रतिशत (३१ जना) सम्म केन्द्रीय सदस्य मनोनयन गर्न सक्नेछ । यही मङ्सिर २५ र २६ गते काठमाडौँमा बस्ने केन्द्रीय कमिटीको दोस्रो बैठकले स्थायी कमिटी गठन, विभागीय जिम्मेवारी, मनोनयन, महाधिवेशनको समीक्षालगायत कार्यसूचीमा छलफल गर्नेछ ।