प्रचण्डले गरे नियमित भेटघाट बन्द

काठमाण्डु टुडे २०७८ मंसिर २० गते ११:०७ मा प्रकाशित

काठमाण्डु, २० मंसिर– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले आफ्नो नियमितको भेटघाट रोकेर सम्मेलनमा लागेका छन् । आगामी मंसिर २५ गते हुन लागेको प्रदेश सम्मेलनका लागि आवश्यक दस्तावेज लेखन तथा राजनीतिक प्रतिवेदनहरू तयार गर्नुपर्ने भएकाले अध्यक्ष प्रचण्डले नियमित भेटघाट बन्द गरेको उनको नीजि सचिवालयले जनाएको छ ।

‘२५ गते प्रदेश सम्मेलनको तयारी गर्नुपर्ने भएकाले केही दिन उहाँले नियमित भेटघाटलाई समय दिन नसक्ने बताउनुभएको छ’, प्रचण्डको सचिवालयका एक सदस्यले भने, ‘एकान्त बास नै त के भनौँ तर नियमित भेटघाट चाहीं बन्द हो ।’

यसैबीच माओवादीले प्रदेश सम्मेलन अघि स्थायी कमिटी बैठक बोलाउने तयारी गरेको छ । नेकपा माओवादी केन्द्रले पुसमा हुने राष्ट्रिय सम्मेलनमार्फत विधानमा सामान्य संशोधन गर्ने तयारी गरिरहेको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us