माओवादी कमजोर भयो भने देश कमजोर हुन्छ, जनताका अधिकार खोसिन्छन्ः प्रचण्ड

काठमाण्डु टुडे २०७८ मंसिर १८ गते १३:०४ मा प्रकाशित

काठमाण्डु, १८ मंसिर– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले माओवादी कमजोर भए जनताका अधिकार खोसिने जिकिर गरेका छन्।

चितवनको दिव्यनगरमा शनिबार कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले जनताका अधिकार जोगाउनका लागि माओवादी बलियो हुनुपर्ने बताए।

उनले भने, ‘माओवादी कमजोर भयो भने देश कमजोर हुन्छ, जनताका अधिकार खोसिन्छन् । माओवादी बलियो भयो भने देश बलियो हुन्छ, जनताले पाएका अधिकार जोगिन्छन्।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us