पार्टी एकीकरण घोषणा कार्यक्रम गर्दै विवेकशील साझा, एकीकृत पार्टीको नाम विवेकशील साझा नै रहने

काठमाण्डु टुडे २०७८ मंसिर १८ गते ११:४२ मा प्रकाशित

काठमाण्डु, १८ मंसिर– विवेकशील साझा पार्टीले सिटिजन्स डिस्कशन फोरम र राष्ट्रिय जनता दरबार पार्टीसँग औपचारिकरुपमा शनिबार एकीकरण घोषणा गर्दै छ । एकीकरण गर्ने निर्णय गत कात्तिक २८ गते नै भएको थियो । उक्त एकीकरणलाई शनिवार सभा मार्फत घोषणा गर्ने पार्टीका प्रवक्ता शरदराज पाठकले बताए ।

आज (शनिवार) आयोजना गर्न लागिएको एकता सभामा पार्टीका अध्यक्ष मिश्रका साथै पार्टीका नेता किशोर थापा, तत्कालीन सिटिजन्स डिस्कशन फोरमका संयोजक कर्णबहादुर शाही, राष्ट्रिय जनता दरबार पार्टीका अध्यक्ष एसपी साह सारथी लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको सो पार्टीले जनाएको छ । एकीकृत पार्टीको नाम विवेकशील साझा नै रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us