श्रीलंकामा पनि देखियो ओमिक्रोन भाइरस

काठमाण्डु टुडे २०७८ मंसिर १८ गते ११:२७ मा प्रकाशित

काठमाण्डु, १८ मंसिर– घातक भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन श्रीलंकामा पनि देखिएको छ । पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको यस भाइरसका संक्रमित श्रीलंकामा पनि देखिएको बताइएको हो ।

श्रीलंकाको स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको हो । सो मन्त्रालयका अनुसार नाइजेरियाबाट केही दिन अघि श्रीलंका एकजना व्यक्तिमा सो भाइरस देखिएको बताइएको छ ।उनलाई हाल क्वारेन्टिनमा राखिएको साथै स्वास्थ्य अवस्था भने सामान्य रहेको समेत बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us