मुलुकमा सङ्कट आउँदा काँग्रेसले निकास दिने महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्छः नेता सिंह

काठमाण्डु टुडे २०७८ मंसिर १६ गते १७:३८ मा प्रकाशित

काठमाण्डु, १६ मंसिर– नेपाली काँग्रेसका बागमती प्रदेश संयोजक प्रकाशमान सिंहले विगतदेखि नै देश र जनताको पक्षमा लड्दै आएको एकमात्र पार्टी काँग्रेस भएकाले मुलुकलाई संकटबाट मुक्त गर्ने जिम्मेवारी पनि काँग्रेसकै भएको बताए ।

उनले नेपाली काँग्रेस बागमती प्रदेश अधिवेशन उद्घाटन सत्रलाई बिहीबार सम्बोधन गर्दै काँग्रेसको नेतृत्वमा देशमा शान्ति र संविधान जारी भएकाले आगामी दिनमा पनि काँग्रेस देश र जनताको हितको रक्षामा प्रतिवद्ध रहने बताएका हुन् ।

‘नेपाली काँग्रेस प्रजातन्त्र संस्थागत गर्न संघर्ष गरेको पार्टी हो, जब मुलुकमा सङ्कटको अवस्था आउछ तब काँग्रेसले निकास दिने महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेको छ । त्यसैले देश र जनताको हितको रक्षाका लागि काँग्रेस प्रतिवद्ध छ,’ उनले भने । दुई तिहाई बहुमतको कम्युनिष्ट सरकारको नेतृत्व गर्दा केपी शर्मा ओलीले जनताको म्यान्डेटअनुसार काम गर्न नसकेको आरोप समेत लगाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us