प्रधानन्यायाधीशले भने– बिदामा बस्दिन, भोलि नै घर फर्किन्छु

काठमाण्डु टुडे २०७८ मंसिर १६ गते १७:१३ मा प्रकाशित

काठमाण्डु, १६ मंसिर– प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफू शुक्रबार अस्पतालबाट निवास फर्कने भन्दै सर्वोच्च अदालतका न्यायाधीशहरुलाई बिदामा नबस्ने बताएका छन् ।

सर्वोच्च अदालतका न्यायाधीशहरुको भेलामा एक न्यायाधीशसँग टेलिफोनमा कुरा गर्दै जबराले आफ्नो स्वास्थ्य अवस्था सुधार भएकाले शुक्रबार निवास फर्कने जानकारी गराएका हुन् । कोरोना संक्रमण भएपछि गत सोमबार साँझदेखि प्रधानन्यायाधीश जबरा बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा भर्ना भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us