प्रधान्यायाधीशबिनाको सर्वोच्च हुन सक्दैनः अध्यक्ष श्रेष्ठ

काठमाण्डु टुडे २०७८ मंसिर १६ गते १३:१९ मा प्रकाशित

काठमाण्डु, १६ मंसिर– नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सर्वोच्च अदालतमा तत्काल कायम मुकायम प्रधानन्यायाधीश तोक्न माग गरेका छन्।

प्रधानन्यायाधीशबिनाको सर्वोच्च अदालत हुन नसक्ने भन्दै उनले तत्काल कामु तोकेर सर्वोच्चको काम अघि बढाउनुपर्ने बताएका हुन्। बिहीबार सर्वोच्च अदालतका न्यायाधीशहरूसँगको छलफलमा उनले न्यायाधीशहरूलाई खुट्टा लरबराउने काम नगर्न सुझाव दिए।

‘प्रधान्यायाधीशबिनाको सर्वोच्च हुन सक्दैन। काम चलाउने प्रधानन्यायाधीश चाहिन्छ। उहाँ बारको आन्दोलन छेक्न जानु भएको हो भने यो दुस्खद् हुन्छ। प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म बारको आन्दोलन जारी रहन्छ’, छलफलमा अध्यक्ष श्रेष्ठले भने।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us