इतिहासकै पहिलो पटक अन्टार्टिकामा सफलापूर्वक अवतर‍ण गर्‍यो विमान

काठमाण्डु टुडे २०७८ मंसिर १४ गते १६:०८ मा प्रकाशित

काठमाण्डु, १४ मंसिर–  इतिहासमा पहिलो पटक अन्टार्टिकामा एउटा विमानले सफलापूर्वक अवतरण गरेको छ ।

एउटा व्यावसायिक एयर बस कम्पनीको ए ३४० विमान हिउँले ढाकेको धावनमार्गमा यसै महिनाको सुरुमा अवतर‌ण भएको हो । विमानको पहिलो अवतरणसँगै अन्टार्टिकामा पर्यटनका लागि बाटो खुलेको छ । ए ३४०विमान नोभेम्बर २ मा अफ्रिकाको राजधानी केप टाउनबाट अन्टार्टिकाका लागि उडेको थियो । अन्टार्टिकामा पुग्न विमानले चार हजार ६३० किलोमिटर उडेको थियो ।

विमानका क्याप्टेन मिरपुरीका अनुसार  विमान सफलतापूर्वक इतिहासमै पहिलो पटक निलो हिमनदीबाट बनेको धावनमार्गमा अवतरण गरेको थियो । सो एतिहासिक उडानलाइ हाइ फ्लाइ बुटिक उड्यन कम्पनीले सञ्चालन गरेको थियो । वुल्फ ग्याङ पर्वतारोहण क्याम्पले विमान चार्टड गरेको थियो ।

सफल अवतर‌‍णसँगै सो विमानलाइ यस मौसममा पर्यटकहरुले  प्रयोग गर्नेछन् । विवरणअनुसार १९० टनको  विमान धावनमार्गमा पुग्दा ककपिटमा डर बढेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us